‘टि–टेस्टिङ’ प्रतियोगितामा बागलुङको चिया उत्कृष्ट
बागलुङ, १६ वैशाख ३०औँ राष्ट्रिय चिया दिवसका अवसरमा आयोजित ‘टि–टेस्टिङ’ (चियाको स्वाद परीक्षण) प्रतियोगितामा बागलुङको ताराखोला गाउँपालिका–१ सिरुबारीस्थित गोल्डेन टि–स्टेट प्रालि प्रथम भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा मंगलबार काठमाडौँमा भएको उक्त प्रतियोगितामा गोल्डेन टि इस्टेटका ग्रिनिस अर्थोडक्स र गोल्डेन टि सर्वोत्कृष्ट ठहरिएको गोल्डेन टि–स्टेटका अध्यक्ष सरोज दाहालले बताउनुभयो । समुद्री […]