• २०८३ कार्तिक ४, मङ्गलबार
  • 2026 October 20, Tuesday
  • Unicode Converter

सुनको सिक्री लुट्ने दुई जना पक्राउ

रु आठ लाख मूल्य बराबरको २.७८ तोलाको सुनको सिक्री लुटेर भाग्दै गरेका पर्सा वीरगन्ज महानगरपालिका-२ बस्ने १९ वर्षीय रविन कुमार यादव र १८ वर्षीय प्रकाश राय यादवलाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो ।

उनीहरूको साथबाट उक्त सुनको सिक्री बरामद गरी बागलुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।