लोकमार्गको पर्वत खण्ड एकतर्फी सुचारू
बागलुङ, १५ असोज कालीगण्डकी नदीमा गत आइतबार आएको बाढीले सडक कटान गर्दा अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड बुधबारदेखि सुचारू भएको छ । कुश्मा नगरपालिका९१ नयाँपुलमा सडक कटान भएको ठाउँमा अस्थायी मार्ग निर्माण गरी एकतर्फी रूपमा यातायात सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार नयाँपुलको सडक बनेसँगै लोकमार्गको पर्वत खण्डमा सिधा यातायात सुचारू […]