धवलागिरि अस्पतालमा मिर्गौला रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु
बागलुङ, २८ चैत बागलुङस्थित धवलागिरि प्रादेशिक अस्पतालमा मिर्गौला तथा पिसाबसम्बन्धी बिरामीहरूका लागि थप विशेषज्ञ सेवा सुरु गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रमुख कन्सल्टेन्ट मिर्गौला रोग विशेषज्ञ डा. विकास खत्रीले आजदेखि बिरामीलाई सेवा प्रदान गर्न थाल्नुभएको हो। अस्पतालका अनुसार पहिलो दिनमै २६ जना बिरामीहरूले प्रत्यक्ष रूपमा सेवा लिएका छन्। यस सेवामा डा. बिपना केसी, […]