भोटेकोशी बाढी प्रभावितका लागि एकीकृत रूपमा राहत पठाइने
बागलुङ, १४ भदौ भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका पीडितका लागि बागलुङबाट एकीकृत रूपमा जिन्सी राहत पठाइने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको शनिबार बसेको बैठकले राहत संकलन तथा वितरण समिति गठन गर्दै जिल्लाभरबाट खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्री संकलन गर्ने निर्णय गरेको हो। संकलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयको […]