बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
बागलुङ, २ माघ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जिल्ला समन्वय समितिको भवनमा स्थापित कार्यालयको शुभारम्भ गर्नुभयो । उहाँले निर्वाचनलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज, सञ्जार जगतलगायत सबै पक्षको सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो । […]