चाडबाडलाई लक्षित गरी यात्रु सहायता कक्ष सञ्चालन
बागलुङ, ६ असोज दसैँ, तिहार जस्ता ठूला चाडबाडमा हुने यात्रुहरुको चापलाई दृष्टिगत गर्दै जिल्लाको मालढुङ्गा, बागलुङ बजार, गलकोटको हटिया र बुर्तिबाङमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । मालढुङ्गामा स्थापना गरिएको यात्रु सहायता कक्षको सोमबार प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले शुभारम्भ गरे । उनले यात्रुलाई सुरक्षित तबरले गन्तव्यसम्म पुग्न सहायता कक्षबाट सहजीकरण हुने बताए । […]