चोरिएका रिचार्ज कार्ड बिक्रीवितरण तथा प्रयोग नगर्न टेलिकमको आग्रह
पोखरा, ३० भदौ जेन्जी आन्दोलनका क्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराको भवनबाट चोरी भएका रिचार्ज कार्ड बिक्रीवितरण तथा प्रयोग नगर्न नेपाल टेलिकमले अनुरोध गरेको छ । साथै चोरिएका रिचार्ज कार्ड कतै भेटिएमा टेलिकमको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन भनिएको छ । निर्देशनालयका निर्देशक बसन्त लिङथेपले चोरिएका रिचार्ज कार्डबाट ब्लक भइसकेपनि ग्राहकहरु ठगिन सक्ने हुनाले […]