• २०८३ कार्तिक ३, सोमबार
  • 2026 October 19, Monday
  • Unicode Converter

चोरिएका रिचार्ज कार्ड बिक्रीवितरण तथा प्रयोग नगर्न टेलिकमको आग्रह

पोखरा, ३० भदौ

जेन्जी आन्दोलनका क्रममा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराको भवनबाट चोरी भएका रिचार्ज कार्ड बिक्रीवितरण तथा प्रयोग नगर्न नेपाल टेलिकमले अनुरोध गरेको छ ।

साथै चोरिएका रिचार्ज कार्ड कतै भेटिएमा टेलिकमको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउन भनिएको छ । निर्देशनालयका निर्देशक बसन्त लिङथेपले चोरिएका रिचार्ज कार्डबाट ब्लक भइसकेपनि ग्राहकहरु ठगिन सक्ने हुनाले सार्वजनिक रुपमा सूचित गरिएको बताए ।

निर्देशनालको भवन आगजनी तथा तोडफोडबाट क्षति भएको उनले बताए । टेलिकमले आधिकारिक बिक्रेताबाट मात्र रिजार्च कार्ड खरिदबिक्री गर्न आग्रह गरेको छ । टेलिकमका अनुसार एक सय रुपैयाँका ७० हजार वटा रिजार्ड कार्ड र पाँच सय रुपैयाँका दुई सय वटा रिजार्ड कार्ड चोरी भएको छ । टेलिकमले यी कार्डको सिरियल नम्बर समेत प्रकाशन गरेको छ।