कास्कीमा चाडबाडलक्षित सुरक्षा योजना लागू
पोखरा, १२ असोज दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व विशेष सुरक्षा योजना–२०८२’ लागू गरेको छ । चाडबाडका बेला हुनसक्ने चोरी, डकैती, लुटपाट तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न बनाइएको उक्त सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लामा नौ सय २३ जना प्रहरी परिचालन गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए […]