कालिका गुठीद्वारा बाढी प्रभावितलाई ११ लाख बढी सहयोग
बागलुङ, १९ भदौ भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले नगद सहयोग गरेको छ। समितिले बिहीबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई भेटेर ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो। समितिका पदाधिकारीहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई सो रकमबराबरको चेक हस्तान्तरण गर्नुभएको […]