बागलुङमा प्रदर्शनकारीले पार्टी कार्यालयका बोर्ड र झण्डा जलाए
बागलुङ, २४ भदौ भ्रष्टचारविरूद्धको आन्दोलनमा सरकारले गरेको बर्बर दमन गरेपछि आज बागलुङ बन्दको आव्हान गरेका जेन्जी पुस्ताले राजनीतिक दलका कार्यालयमा पुगी प्रदर्शन गरेका छन् । उनीहरूले बागलुङ बजारस्थित नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयका बोर्ड र झण्डा जलाएका हुन् । बन्द सफल पार्न सडकमा निस्केका जेनजीहरू अहिले सरकारविरूद्ध चर्का नारावाजी गर्दै […]