स्कुल भ्यान दुर्घटनामा एकको मृत्यु, २५ जनाको उपचार हुँदै
बागलुङ, २९ माघ बागलुङ नगरपालिका–३ शिवधाराचोक नजिक आज दिउँसो भएको स्कुल भ्यान दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यार्थी अमन बोहोरा रहेका छन् । २५ जना घाइतेमध्ये छ जना गम्भीर घाइतेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको धवलागिरि प्रादेशिक अस्पतालले जनाएको छ । घाइतेमध्ये अनिता किसान, अलिना किसान, […]