• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

स्कुल भ्यान दुर्घटनामा एकको मृत्यु, २५ जनाको उपचार हुँदै

बागलुङ, २९ माघ

बागलुङ नगरपालिका–३ शिवधाराचोक नजिक आज दिउँसो भएको स्कुल भ्यान दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यार्थी अमन बोहोरा रहेका छन् । २५ जना घाइतेमध्ये छ जना गम्भीर घाइतेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको धवलागिरि प्रादेशिक अस्पतालले जनाएको छ ।

घाइतेमध्ये अनिता किसान, अलिना किसान, मुस्कान किसान, रोविन्स किसान, निक्सम बोहोरा, उमंग किसान, सुमित गैरे, अनिष बोहोरा, अनन्या किसान, रोशनी बोहोरा, सुप्रिया किसान, सान्वी किसान, शिव किसान, समिक्षा गैरे, सेमुल थापा, निश्मा खड्का, वीरवहादुर थापा मगर, आयना बोहोरा र सारिका बोहोराको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा उपचार भइरहेको छ ।

गम्भीर घाइते आयुष बोहोरा, आयान बोहोरा, निकित किसान, सोलुमन रसाइलीलाई मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । सुजल छन्त्याल र संगम किसानलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ । बागलुङ नगरपालिका–१ रामरोखास्थित न्यू एभरेष्ट एकेडेमीको ग.३ च ८६२१ नं.को भ्यान दिउँसो साढे चार बजे दुर्घटनामा परेको थियो ।