सिक्लेसमा ‘बुकी फूल’को शुभमुर्हत
पोखरा, १ असोज चलचित्र ‘बुकी फूल’को कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा आज गुरुङ परम्परा अनुसार शुभमुर्हत गरिएको छ । बेदबहादुर गुरुङ ‘श्याम’को परिकल्पना र ओमप्रकाश गुरुङको निर्देशनमा बन्ने चलचित्रको कथावस्तुमा गुरुङ समुदायको ऐतिहासिक, सामाजिक तथा सांस्कृतिक परिवेश समेटिने जनाइएको छ । चलचित्रको छायाँकन सिक्लेस र आसपासका क्षेत्रमा गरिने भएको छ । चलचित्रको शुभमुर्हत कार्यक्रममा निर्देशक नवीन […]