मानवसेवा आश्रम बागलुङको भवन निर्माणार्थ महायज्ञ सुरु
बागलुङ, २१ कात्तिक मानवसेवा आश्रम, बागलुङ शाखाकाको भवन निर्माणार्थ आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८२ शुक्रबारदेखि बागलुङ नगरपालिका–४, निरयघाटमा सुरु भएको छ । महायज्ञको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे । उनले समाजमा मानवसेवाको भावना जगाउने यस्ता धार्मिक तथा परोपकारी कार्यक्रमहरूले समुदायमा सकारात्मक सन्देश फैलाउने बताए। उनले मानवसेवा आश्रमले गरिरहेको कार्यको प्रशंसा गर्दै […]