विपद् पुर्वतयारी र उद्धार सीप सिकाउँदै स्वयंसेवक तालिम सम्पन्न
बागलुङ, ११ असार बागलुङमा सामुदायिक विपद् स्वयंसेवक तालिम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेड क्वाटर बागलुङको आयोजना तथा बागलुङ नगरपालिकाको समन्वय र सहकार्यमा सञ्चालन गरिएको १८ दिने तालिम बिहीबार एक कार्यक्रमका बीच समापन गरिएको हो। समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद आचार्यले तालिममा सिकेका ज्ञान र […]