वर्षाका कारण ढोरपाटन आवातजावतमा सास्ती
बागलुङ, ५ साउन वर्षाले सडक बिग्रँदा पर्यटकीय क्षेत्र ढोरपाटनको आवातजावतमा स्थानीयवासी र पर्यटकले सास्ती खेप्न बाध्य भएका छन् । सालझण्डी–ढोरपाटन सडक अन्र्तगत बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित फल्लेघरदेखि देउरालीसम्मको तीन किमि सडक अस्तव्यस्त बनेको वडाध्यक्ष खिमबहादुर घर्तीले बताउनुभयो । निर्माण कम्पनीले बर्खायाममा सडक विस्तारको काम गरेपछि समस्या निम्तिएको उहाँको भनाइ छ । “पानी पर्नासाथ पहिरा खस्ने, […]