लेखनाथ महोत्सवमा दर्शकको भीड
पोखरा, १२ पुस पुस ३ गतेदेखि कास्कीको लेखनाथमा सञ्चालन भइरहेको २१औँ संस्करणको लेखनाथ महोत्सव मनोरञ्जनसँगै आत्मीय भेटघाटको महत्वपूर्ण केन्द्र बन्दै गएको छ। देशका विभिन्न जिल्लाबाट दर्शकहरू महोत्सव अवलोकनका लागि आउने क्रम बढेसँगै लामो समयपछि आफन्त, साथीभाइसँग पुनर्मिलन हुने अवसर मिलेको छ । रुपा–२ का रामनाथ ओझाले १४ वर्षपछि आफ्ना पुराना साथी योगेन्द्र गुरुङलाई महोत्सवमै भेट्न […]