‘गणतन्त्रले नागरिकको जीवनस्तरमा सकारात्मक रुपान्तरण ल्याउनुपर्छ’
पोखरा, १५ जेठ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतन्त्र व्यवस्था परिवर्तन मात्र नभई राज्य सञ्चालनको पद्धति र नागरिकको जीवनस्तरमा सकारात्मक रुपान्तरण ल्याउनुपर्ने बताउनुभएको छ । १९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार गण्डकी प्रदेश सरकारद्वारा पोखरामा आयोजित विशेष समारोहमा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जाने विश्वास व्यक्त गर्नुभयो […]