पोखरा, २ वैशाख
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारका आठवटै मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
पाण्डे नेतृत्वको सरकारमा गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री, जितबहादुर शेरचन आर्थिक मामिला मन्त्री, भीमबहादुर कार्की कृषि भूमि व्यवस्था सहकारी मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री, नम्डु गुरुङले वन तथा वातावरण मन्त्री र रेखा गुरुङले सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री पदको शपथ लिएकी हुन् ।
नवनियुक्त सबै मन्त्रीहरुले आजै मन्त्रालयमा पुगेर पदबहाली गरेका छन् ।