मुख्यमन्त्री पाण्डेद्वारा विपद्पछिको राहत तथा पुनस्स्थापनाका लागि सङ्घ सरकारको ध्यानाकर्षण
पोखरा, १७ असोज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साताको बाढीपहिरोले गण्डकी प्रदेशमा पुर्याएको क्षतिको जानकारीसहित राहत र पुनर्निर्माणका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेट गरी उहाँले यही असोज ९ देखि ११ गतेसम्मको बाढीपहिरोबाट गण्डकी प्रदेशका मनाङ, म्याग्दी, बागलुङ, पर्वतलगायत जिल्लामा पुनर्निर्माणका लागि […]