भोटेकोशी बाढी : बागलुङका १६ जना सम्पर्कविहीन
बागलुङ, १२ भदौ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा बागलुङ जिल्लाका १६ जना सम्पर्कविहीन भएका छन्। रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा प्रभावित क्षेत्रमा पुगेका नागरिकहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा तमानखोला गाउँपालिका–४ का लाता कामी र भीमबहादुर सिर्पाली, बागलुङ नगरपालिका–९ का […]