बागलुङमा चैत्राष्टमी मेला सुरु
बागलुङ, १० चैत बागलुङमा मङ्गलबारदेखि ऐतिहासिक चैत्राष्टमी मेला सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा आयोजित मेलाको गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले उद्घाटन गरेका थिए । कालिका भगवती मन्दिर परिसरमा रहेको कालिका कुञ्जमा आयोजित मेला पाँच दिनसम्म चल्नेछ । मेलाको उद्घाटनपछि बोल्दै संस्थानका अध्यक्ष पोखरेलले कालिका भगवती मन्दिरको ऐतिहासिक महत्व रहेको बताए […]