• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

चैत दोस्रो साता बागलुङमा चैत्राष्टमी मेला

बागलुङ, १४ फागुन
बागलुङमा आगामी चैत १० गते देखि १४ गते सम्म चैत्राष्टमी मेला हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कालिका भगवती गुठी व्यवस्थापन समितिले मेलाका बारेमा जानकारी गराएको हो । मेलामा स्थानीय उत्पादन र स्थानीय कलाकारलाई पहिलो प्राथमिकता दिइने समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताए ।

‘गन्तव्य बागलुङ कालिका– स्थानीय उत्पादनको प्रवद्र्धन, कला संस्कृति र समृद्धिको आधार, धार्मिक पर्यटन’ भन्ने नाराका साथमा आयोजना गरिएको मेलामा २ लाख पुरस्कार राशिको राष्ट्रिय लोक दोहोरीगीत प्रतियोगिता, ३ लाख पुरस्कार राशिको कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता, १ लाख पुरस्कार राशि सहित कालिका कप खुल्ला महिला भलिबल प्रतियोगिता, छेलो प्रतियोगिता, रथ यात्रा र रमाइलो मेला, बाल उद्यान लगाएतका कार्यक्रम तय भएको अध्यक्ष खड्काले जानकारी दिए ।

कालिका भगवती मन्दिरको ऐतिहासिक धार्मिक एवम् सांस्कृतिक गरिमालाई अभिवृद्धि गर्ने उद्देश्यले आयोजित मेलामा करिब २0 लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ ।