प्राथमिक मनोवैज्ञानिक उपचारसम्बन्धी कार्यक्रम सम्पन्न
बागलुङ, २३ भदौ बागलुङमा प्राथमिक मनोवैज्ञानिक उपचार सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। प्रबुद्ध युवा समूह बागलुङको आयोजना तथा खुसी मन बागलुङको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा दुर्घटना, प्राकृतिक प्रकोप, आघातपूर्ण घटना वा समाजमा घट्न सक्ने अन्य संकटपछिको अवस्थामा प्रभावित व्यक्ति वा समुदायलाई पहिलो चरणमा कसरी मानवीय तथा व्यवहारिक सहयोग गर्ने भन्ने विषयमा छलफल गरिएको […]