• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

प्राथमिक मनोवैज्ञानिक उपचारसम्बन्धी कार्यक्रम सम्पन्न

बागलुङ, २३ भदौ

बागलुङमा प्राथमिक मनोवैज्ञानिक उपचार सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। प्रबुद्ध युवा समूह बागलुङको आयोजना तथा खुसी मन बागलुङको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा दुर्घटना, प्राकृतिक प्रकोप, आघातपूर्ण घटना वा समाजमा घट्न सक्ने अन्य संकटपछिको अवस्थामा प्रभावित व्यक्ति वा समुदायलाई पहिलो चरणमा कसरी मानवीय तथा व्यवहारिक सहयोग गर्ने भन्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले पछिल्लो समय मनोसामाजिक समस्याका कारण समाजमा विभिन्न दुखद् घटना बढ्दै गएको उल्लेख गर्दै यस्ता कार्यक्रमको आवश्यकता झन् बढ्दै गएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रम ग्रामीण क्षेत्रसम्म विस्तार गर्न सुझाव दिनुभयो।

कार्यक्रमको सहजीकरण गर्दै खुसी मन बागलुङका अध्यक्ष नारायण आचार्यले प्राथमिक मनोवैज्ञानिक उपचारका क्रममा पीडितसँग कसरी संवाद गर्ने, कस्ता शब्द छनोट गर्ने र संवेदनशील परिस्थितिमा कसरी व्यवहार गर्ने भन्ने विषयमा जानकारी दिनुभयो।

प्रबुद्ध युवा समूह बागलुङका अध्यक्ष रोहित सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समूहका सल्लाहकार दिलीप प्रतेलले गर्नुभएको थियो।