मनाङबाहेक गण्डकीका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा
पोखरा, २२ पुस हिमालपारिको जिल्ला मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार भएको छ । दस जिल्लामा रहेका १८ वटा अस्पतालमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा उपलब्ध रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा रमेशकुमार केसीका अनुसार जटिल अवस्थाको सुत्केरी गराउने स्वास्थ्य संस्था ५२ वटा रहेका छन् । […]