पोखरामा फोहरलाई मोहरमा बदल्न छानिए १३ उद्यमी
पोखरा, ३२ असार पोखरा महानगरपालिकामा सञ्चालित ‘रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत ‘बिजनेस इन्क्युबेशन कार्यक्रम’बाट १३ उत्कृष्ट उद्यमी छनोट भएका छन् । मङ्लबार र बुधबार पोखरामा आयोजित उक्त कार्यक्रमबाट ‘पोष्ट इन्क्युबेशन’ सहयोगका लागि आन्तरिक तथा बाह्य मुल्याङ्कनका आधारमा उनीहरुलाई छनोट गरिएको हो । ‘रिसाइकलिङ र अपसाइकलिङ’मा आधारित २३ वटा उद्यम तथा व्यावसायिक प्रतिष्ठानले उक्त […]