अन्नपूर्ण क्षेत्रमा दस महिनामा भित्रिए दुई लाख ४६ हजार पर्यटक
पोखरा, २६ कात्तिक अन्नपूर्ण संरक्षण क्षेत्रमा गत जनवरीदेखि अक्टोबरसम्ममा दुई लाख ४६ हजार पाँच सय ७५ विदेशी पर्यटक भित्रिएका छन् । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार नौ सय ६८ र अन्य मुलुकका ९९ हजार छ सय सात पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् । सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार सात […]