नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको ३६औँ साधारण सभा सम्पन्न
बागलुङ, २० असार नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको ३६औँ साधारण सभा सम्पन्न भएको छ। सभामा रेडक्रसले समाजमा पुर्याउँदै आएको मानवीय सेवा, विपद् व्यवस्थापन तथा सामाजिक योगदानका विषयमा चर्चा गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकालले रेडक्रसले समाजमा पुर्याएको सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि मानवीय सेवामा निरन्तर सक्रिय रहनुपर्ने […]