सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णय फिर्ता लिन माग
बागलुङ, २७ चैत सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्ने सरकारको परिपत्रको विरोधमा शुक्रबार बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ बागलुङ शाखाको आयोजना मा जिल्लास्थित सञ्चारमाध्यमका सम्पादक तथा पूर्वअध्यक्षहरूबीच उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी ले सरकारको उक्त निर्णयले स्थानीय सञ्चारमाध्यमहरू बन्द हुने अवस्थासमेत सिर्जना […]