बागलुङमा मोटरसाइकल ‘मोडिफाइड’ गर्ने कारबाहीमा
बागलुङ, २२ जेठ जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले संयुक्त रूपमा स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरिएका मोटरसाइकल नियन्त्रण अभियान सुरू गरेको छ । अभियानअन्तर्गत १० मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको हो । साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, मापदण्डविपरीत नम्बर प्लेट प्रयोग गर्ने तथा अन्य प्राविधिक संरचनामा परिवर्तन गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो […]