• २०८३ कार्तिक ५, बुधबार
  • 2026 October 21, Wednesday
  • Unicode Converter

बागलुङमा मोटरसाइकल ‘मोडिफाइड’ गर्ने कारबाहीमा

बागलुङ, २२ जेठ

जिल्ला प्रहरी कार्यालय बागलुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले संयुक्त रूपमा स्वरूप परिवर्तन ‘मोडिफाइड’ गरिएका
मोटरसाइकल नियन्त्रण अभियान सुरू गरेको छ । अभियानअन्तर्गत १० मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको हो ।

साइलेन्सर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, मापदण्डविपरीत नम्बर प्लेट प्रयोग गर्ने तथा अन्य प्राविधिक संरचनामा परिवर्तन गरिएका मोटरसाइकललाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक ९डीएसपी० रामेश्वर ट्वाँटीका अनुसार यस्ता सवारीसाधनले ध्वनि प्रदूषण बढाउनुका साथै दुर्घटनाको जोखिम समेत निम्त्याउने भएकाले नियमित निगरानी तथा जाँच अभियान सञ्चालन गरिएको हो।

प्रहरीले जेठ १९ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष अभियानका क्रममा १० वटा ‘मोडिफाइड’ मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक मिनबहादुर कुँवरका अनुसार नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये ६ वटा बुलेट, ३ वटा क्रसफायर र १ वटा एनएस रहेका छन्।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय बागलुङ पठाइएको प्रहरीले जनाएको छ।