क्यान्सर सचेतनाका लागि साइकलयात्रा
बागलुङ, ११ माघ “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरुलाई बाँड्न चाहन्छु”, कविता चित्रकारले भन्नुभयो, “क्यान्सरसँग जुध्न हिम्मत बटुँले, चुनौती र सङ्घर्षलाई रोजेँ ।” साइकलबाट मध्यपहाडी लोकमार्ग छिचोल्दै गर्नुभएकी उहाँ शनिबार सुदूरपश्चिम प्रदेशको अछाम पुग्नुभएको छ । साइकलयात्रामा उहाँ एक्ली भने हुनुहुन्न । अर्का क्यान्सर विजेता हर्क लामासहित साइकलयात्रीको टोली मध्यपहाडको लामो यात्रामा निस्केको हो । […]