बागलुङका चार पालिकामा दादुराविरुद्धको खोप लगाइँदै
बागलुङ, २७ जेठ जिल्लाको गलकोट नगरपालिका, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकामा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी असार १ गतेदेखि ७ गतेसम्म पालिकाका सबै खोपकेन्द्रबाट छ महिनादेखि १९ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई निःशुल्क खोप प्रदान गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । दादुराको सङ्क्रमण नियन्त्रण तथा सम्भावित महामारी रोकथामका लागि खोप […]