त्रिभुवन माविले हीरक जयन्ती मनाउँदै, राष्ट्रपतिले उद्घाटन गर्ने
बागलुङ, १९ पुस बागलुङ नगरपालिका–१३ पैँयूपाटास्थित त्रिभुवन माध्यमिक विद्यालयले साताव्यापी कार्यक्रमसहित हीरक जयन्ती मनाउने भएको छ । यही पुस २६ गतेदेखि माघ २ गतेसम्म मनाइने हीरक जयन्तीको तयारी तीव्र पारिएको शनिबार बागलुङ बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । माघ १ गते हुने जयन्तीको मूल समारोहमा राष्ट्रयपति रामचन्द्र पौडेले आउने हीरक जयन्ती मूल समारोह समितिका […]