त्रिपुरेश्वर महादेव मन्दिरमा रथयात्रा महोत्सव
बागलुङ, १२ जेठ काठेखोला गाउँपालिकाको बिहुँस्थित त्रिपुरेश्वर महादेव मन्दिरमा आयोजित ४३औँ वार्षिकोत्सव तथा रथयात्रा महोत्सव श्रद्धा, भक्ति र सांस्कृतिक उत्साहका साथ सोमबार सम्पन्न भएको छ। महोत्सवमा विभिन्न क्षेत्रका पञ्चेबाजा समूहहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने स्थानीय लोकभजन, धार्मिक झाँकी तथा सांस्कृतिक प्रस्तुतिहरूले मन्दिर परिसरलाई आध्यात्मिक वातावरणले भरिएको थियो। मन्दिर प्राङ्गण श्रद्धालु भक्तजनहरूले भरिभराउ बनेको दृश्यले […]