जेसीजको प्रत्यक्ष सम्वादमा बागलुङ–१ का उम्मेदवारले के भने ?
बागलुङ, ५ फागुन बागलुङ–१ का उम्मेदवारले मंगलबार नागरिकसँग प्रत्यक्ष सम्वाद गरेका छन् । बागलुङ जेसीजले आयोजना गरेको सम्वाद कार्यक्रममा उनीहरूले आफ्ना चुनावी मुद्दा र प्रतिबद्धता सुनाएका हुन् । नागरिकका प्रश्नको जवाफमा उम्मेदवारहरूले आफू निर्वाचित भएमा नीतिनिर्माण र विकास अभियानमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए । नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर श्रीषले भ्रष्टाचार उन्मुलन र सुशासन कायम […]