गलकोट, मल्मको वडा कार्यालय स्थानान्तरण
बागलुङ, १५ असार गलकोट नगरपालिका–७ मल्मको वडा कार्यालय आँगाखेतबाट म्यालेमा स्थानान्तरण गरिएको छ । सोमबारदेखि नवनिर्मित भवनबाट वडाको प्रशासनिक सेवा सुरु भएको वडाध्यक्ष राज थापाले बताउनुभयो । यही असार ९ गते बसेको १९औँ नगर अधिवेशनको दुई तिहाई बहुमतले वडाको केन्द्र स्थानान्तरण गर्ने निर्णय गरेको थियो । वडाबासीलाई पायक पर्ने स्थानमा वडा कार्यालय सारिएको हो । […]