क्यानभासमा उतारिँदै हिमाली सङ्कट
पोखरा, ९ असोज लाङटाङ, लिरुङको हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नेपालको हिमाली क्षेत्रले झेलिरहेको जलवायु सङ्कटको मुद्दा मुखर रुपमा उठेको छ । अमेरिकामा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामासमेत यो विषयले महत्वका साथ प्रवेश पाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभालाई सम्बोधन गर्ने क्रममा आफूले तीन वर्षअघि नेपालको हिमाली क्षेत्रबाट जलवायु परिवर्तनका […]