• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday
  • Unicode Converter

‘रुपै त अच्छै हो’ गीतको भिडियो सार्वजनिक

बागलुङ, २८ असोज

नेपाली  गीत ‘रुपै त अच्छै हो’ को भिडियो सार्वजनिक गरिएको छ । मंगलबार बागलुङमा एक कार्यक्रमको आयोजना गरेर गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतमा गायिका समीक्षा अधिकारी र गायक नविश शर्माको स्वर रहेको छ ।

गीतका शब्द तथा लय नविश शर्माले तयार पारेका हुन् । भिडियोमा मोडल सुवास रुचाल र उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुनिल बिकले गरेका छन् भने कोरियोग्राफी सियोन श्रेष्ठले गरेका छन् ।

गीतकी निर्माता सिर्जना पौडेल हुन् । गीतको भिडियो ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।