एकदिन पनि टिकेन प्रदेश सांसद कुँवरको राजीनामा
बागलुङ, ३ वैशाख गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डल पुर्नगठनप्रति असन्तुष्टि जनाउँदै बुधबार पदबाट राजीनामा दिएका प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा फिर्ता लिएका छन् । बुधबारदेखि नै लागू हुने गरी प्रदेशसभा सभामुख कृष्णप्रसाद धिताललाई ‘ह्वाट्सएप’मार्फत राजीनामा पत्र पठाएका कुँवरको राजीनामा एकदिन पनि टिक्न सकेन । बिहीबार सभामुख धिताललाई टेलिफोन गरी उनले राजीनामा फिर्ता लिएको जानकारी गराएका छन् […]