आर्थिक गणनाका विषयमा सरोकारवालीबीच अन्तरक्रिया
बागलुङ, १४ चैत राष्ट्रिय आर्थिक गणना–२०८२ लाई सफल बनाउन आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता सरोकारवालाहरुले जनाएका छन् । जिल्ला आर्थिक गणना कार्यालय, बागलुङद्वारा शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले सत्यतथ्य र विश्वसनीय रुपमा आर्थि विवरण/तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिएका हुन् । प्रमुख जिल्ला अधकारी कृष्णप्रसाद आचार्यले आर्थिक गणना राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्ने बताए । […]