असारदेखि तीन महिना कास्कीमा नदीजन्य पदार्थ उत्खननमा रोक
पोखरा, जेठ ७ कास्कीमा असार १ गतेदेखि तीन महिनासम्म नदी तथा खानीजन्य सामग्री उत्खननमा रोक लगाइएको छ । ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ बमोजिम जिल्ला नदिजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बुधबार बसेको बैठकले असार, साउन र भदौ महिनाभर उत्खनन तथा संकलन कार्य रोक्ने निर्णय गरेको हो […]