बागलुङका पत्रकार पन्त र कार्कीलाई प्रेस चौतारी पुरस्कार
बागलुङ, २२ माघ प्रेस चौतारी नेपाल, जिल्ला शाखा बागलुङमा स्थापित पत्रकारिता पुरस्कारबाट जिल्लामा क्रियाशील दुई पत्रकार सम्मानित भएका छन् । चौतारीको २८औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित शुभकामना आदानप्रदान तथा पुरस्कार समर्पण समारोहमा पत्रकार सिर्जना पन्तलाई क्रियाशील पत्रकारिता पुरस्कार र अर्जुन कार्कीलाई प्रेस चौतारी युवा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि […]