विजयपुर र सेतीमा पुल बन्दै
पोखरा, १३ मङ्सिर पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना अन्तर्गत पोखरा महानगरपालिका–२६ स्थित विजयपुर खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । उक्त सडक योजनाको पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तिव्रता दिइएको छ । शनिबारदेखि पुलमा ‘गिर्डर लन्चिङ’को काम भइरहेको उहाँले बताउनुभयो । […]