सवारीसाधन कारबाहीबाट एक महिनामै ४४ लाख बढी राजश्व सङ्कलन
पोखरा, ५ वैशाख जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट रु. ४४ लाख आठ हजार पाँच सय राजश्व सङ्कलन गरेको छ । यस अवधिमा पाँच हजार दुई सय ६३ वटा सवारीसाधन कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिनुभयो । ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनलाई कारबाही गर्ने गरिएको उहाँको भनाइ छ […]