बाढीपहिरोको कहर : राहत तथा पुन:स्थापनामा सहयोग गर्न ताराखोला गाउँपालिकाको अपिल
बागलुङ, १६ असोज बागलुङको ताराखोला गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ। गाउँपालिकाले असोज १० गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ३ जना नागरिकको ज्यान गएको र गाउँपालिकाका पाँचवटै वडामा ठूलो भौतिक क्षति भएको जनाएको छ। गाउँपालिकाका अनुसार बाढीपहिरोबाट घरबास, […]