• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday
  • Unicode Converter

बाढीपहिरोको कहर : राहत तथा पुन:स्थापनामा सहयोग गर्न ताराखोला गाउँपालिकाको अपिल

बागलुङ, १६ असोज

बागलुङको ताराखोला गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ।

गाउँपालिकाले असोज १० गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ३ जना नागरिकको ज्यान गएको र गाउँपालिकाका पाँचवटै वडामा ठूलो भौतिक क्षति भएको जनाएको छ।

गाउँपालिकाका अनुसार बाढीपहिरोबाट घरबास, सडक, विद्यालय भवन, सार्वजनिक भवन, विद्युत् संरचना तथा प्रसारण लाइनमा क्षति पुगेको छ। विपद्को अवस्थामा उद्धार तथा पुनर्स्थापनाका काम भइरहे पनि सीमित स्रोतसाधनका कारण प्रभावित नागरिकलाई सहज रूपमा पुनर्स्थापना गर्न कठिनाइ भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष धनबहादुर विक ुहिमालुद्वारा जारी अपिलमा देश तथा विदेशमा रहेका ताराखोलावासी, विभिन्न संघसंस्था तथा आम शुभेच्छुकलाई आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । सहयोगका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोषको बैंक खाता तथा क्यूआर कोड जारी गरेको छ ।